आजको मिति
प्रदेश
२०७७ पुष २६, ०७:३०
एजेन्सी–इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एउटा यात्रुवाहक विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको छ ।
२०७७ पुष २२, ०७:५३
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । सर्वोच्चको संवैधानिक इजालासमा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो ।
२०७७ पुष २०, ०६:३१
धनगढी–सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।
बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलाशैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए।
उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको… विस्तृतमा
२०७७ पुष १६, ०७:५६
आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना प्रदेश सभा सदस्यलाई प्रदेश १ मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका छन्। प्रधानमन्त्री केपी ओली समूहमा रहेका उनले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिई १५ जना सांसदलाई तीन महिना निलम्बन गरेका हुन्।
२०७७ पुष १४, ०७:१३
प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम विजयी भएका छन् ।
२०७७ पुष १२, ११:१९
प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । उक्त समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
२०७७ पुष ११, ०८:०१
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका छन् ।
२०७७ पुष ११, १०:५९
कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् ।
२०७७ पुष ११, ०८:१४
धनगढी–प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
२०७७ पुष १०, ०७:१६
काठमाडौँ–कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रदेश लिग फुटबल आगामी माघमा हुने भएको छ।
२०७७ पुष १०, ०६:५९
काठमाडौँ–सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
२०७७ पुष १०, ०८:००
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
२०७७ पुष ८, ०५:१८
काठमाडौँ–नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अन्तरिम विधान बमोजिम कारबाही गरिएको भन्दै गल्ती स्वीकार गरेर माफी मागेमा पार्टीम स्वागत गरिने बताएका छन् ।
२०७७ पुष ८, ०४:३६
आफ्नो पक्षको संसदीय दलको नेता चयन भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो ध्यान संसदलाई जीवित राख्ने र जनताको अपेक्षा अनुसार काम गर्ने नयाँ सरकार गठन गर्नेतिर हुने बताएका छन् । उनले संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गर्दै संसद पुनस्थापति गर्ने पनि बताए ।
२०७७ पुष ७, ०७:०६
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।