कैलाली

2020/10/20, 3:18

धनगढी–कैलाली टिकापुरका  तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।

2020/10/20, 3:00
धनगढी–प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान राम बहादुर साउँदको हत्या गरेर शब फलिएको घटनास्थल मोहना नदी बाट विकले प्रयोग गर्ने पेस्तोल,मोबाइल र घडी भेटिएको छ ।
2020/10/20, 2:02
धनगढी–धनगढी उपमहानगरपालिका-१२ को अस्थायी प्रहरी बीट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा भारतीय नागरिकको पनि संलग्नता देखिएको छ। 
2020/10/20, 10:55
धनगढी–धनगढीको जुगेडामा बेपत्ता प्रहरी जवान रामबहादुर साउदको  पनि हत्या गरेको अवस्थामा मोहना नदीमा शब भेटिएको छ ।
2020/10/20, 8:45
धनगढी –माओवादी सशस्त्र द्वन्द्वकालमा प्रहरीलाई नियन्त्रणमा लिएर हत्या गरिन्थ्यो। असई विकलाई पनि नियन्त्रणमै लिएर हत्या गरिएको हो कि भन्ने शंका पनि छ। दुवै जना राति ११ बजेसम्म सम्पर्कमै देखिन्छन्। ११ बजेपछि उनीहरूको सम्पर्क टुट्छ।
2020/10/20, 7:06

धनगढी–गत असोज २८ गते धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएका पुरुषको पनि मृत्यु भएको छ । काठमाडौँमा उपचारकै क्रममा ७० वर्षीय पुरुष हरीलाल विष्टको मृत्यु भएको उनका आफन्तजनले बताएका छन् । 

2020/10/19, 5:59
धनगढी– धनगढी उपमहानगरपालिका– १० को जुगेडामा हत्या गरिएका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको आज अन्त्येष्टि गरिएको छ ।
2020/10/19, 5:24
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/19, 4:36
धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यले दसैं भत्ता बुझेका छन् । भत्ताबापत राज्य कोषबाट उनीहरुका लागि ३५ लाख २९ हजार अतिरिक्त भुक्तानी गरिएको छ ।
2020/10/19, 4:06
धनगढी–जिल्ला प्रहरी कार्यालय कैलालीको  प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) दिलीप देउवालाई दिइएको छ ।
2020/10/19, 11:23

धनगढी–कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक असई गोविन्द विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेका थिए ।

नेपाल–भारत सीमामा हेर्ने यो बिटमा विकले नेतृत्व सम्हालेको पनि धेरै भएको थिएन । लामो समयदेखि चल्दै आएको तस्करीको लाइन छिट्टै भत्काउन… विस्तृतमा

2020/10/19, 8:48
धनगढी–धनगढी उपमहानगरपालिका–१२ जगेडामा रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अहिले सम्म यकिन हुन सकेको छैन ।
2020/10/19, 7:53

धनगढी–धनगढी उपमहानगरपालिका–१२ जगेडामा रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको हत्यामा संलग्नताको आशङ्कामा अनुसन्धानका लागी प्रहरीले १३ जना लाई पक्राउ गरेको छ । 

2020/10/18, 4:39

धनगढी–धनगढी उप–महानगरपालिका वडा नं १५ मा स्थापना गरिएको कनरी पार्क आइतबार उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले पार्कको उद्घाटन गरेका हुन । पार्कको उद्घाटन सँगै सर्वसाधारणका लागि खुला गरिएको छ । नगरप्रमुख… विस्तृतमा

2020/10/18, 1:50
कैलालीको धनगढीमा गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।