आजको मिति
राजनीति
२०७७ पुष १३, ०७:५२
        
            धनगढी–नेकपा दाहाल–नेपाल पक्षले कैलालीमा गुट भेला लाई तीव्र बनाएका छन् । दिनहुँ जसो धनगढीमा उनीहरूको भेला भइरहेको छ । ओली सरकार विरुद्धको मोर्चा बन्दी र प्रदेश सरकार हेरफेर गर्ने तयारीमा नेताहरु दौडधुपमा लागेको एक नेताले बताए । यस्तै आइतबार धनगढीमा भएको भेलालाई नेता भीम रावलले सम्बोधन गरे । 
        
    २०७७ पुष १२, ११:१९
        
            प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । उक्त समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
        
    २०७७ पुष १२, ०९:४४
        
            मोरङ–प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपामा निम्तिएको विभाजनको असर प्रदेश १ सरकारमा पनि देखिएको छ ।
        
    २०७७ पुष १२, ०९:३१
        
            धनगढी–नेकपा विभाजनको प्रभाव प्रदेशसभामा पनि पर्न थालेको छ । सुदूरपश्चिममा पनि प्रदेश सांसदले समूह परिवर्तन गर्ने क्रम बढेको छ ।
        
    २०७७ पुष ११, ०८:०८
        
            धनगढी– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको निर्वाचन क्षेत्रमा नेकपाको दाहाल-नेपाल समूहका कार्यकर्ताहरुले धोका दिएको भन्दै पुत्ला दहन गरेका छन् ।
        
    २०७७ पुष ११, ०८:०१
        
            प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका छन् ।
        
    २०७७ पुष १०, ०८:२३
        
            सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहबाट बाहिरिँदा ६ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाएका छन् ।
        
    २०७७ पुष १०, ०८:०४
        
            काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्।
        
    २०७७ पुष १०, ०८:५२
        
            धनगढी–नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।
        
    २०७७ पुष ८, ०५:१८
        
            काठमाडौँ–नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अन्तरिम विधान बमोजिम कारबाही गरिएको भन्दै गल्ती स्वीकार गरेर माफी मागेमा पार्टीम स्वागत गरिने बताएका छन् ।
        
    २०७७ पुष ८, ०४:३६
        
            आफ्नो पक्षको संसदीय दलको नेता चयन भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो ध्यान संसदलाई जीवित राख्ने र जनताको अपेक्षा अनुसार काम गर्ने नयाँ सरकार गठन गर्नेतिर हुने बताएका छन् । उनले संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गर्दै संसद पुनस्थापति गर्ने पनि बताए ।
        
    २०७७ पुष ६, ०७:०७
        
            सरकारले संसद् विघटन गरेपछि नेकपासहितका तीन दलले संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका छन् ।
        
    २०७७ पुष ६, ०६:३५
        
            तत्कालीन एमाले र माओवादीबीच पार्टी एकताको ३० महिनापछि नेकपाको एकीकृत भविष्य लगभग 'समाप्त' भएको छ । २०७५ जेठ ३ मा समाजवादसम्मको लक्ष्य राखेर दुई पार्टीबीच एकता भएको थियो । तर, पार्टी एकता प्रक्रिया पूरा नहुँदै यो दुर्घटनामा परेको छ । अब यसको औपचारिकतामात्रै बाँकी छ । 
        
    २०७७ पुष ५, ०६:४५
        
            सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
        
    २०७७ पुष ५, ०६:३८
        
            प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् ।
        
     
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
