आजको मिति
कैलाली
२०८२ असार २३, ०९:२९
धनगढी– अहिले देशभरको मौसम आंशिक बदली छ ।
२०८२ असार २२, ०८:१०
धनगढी — कैलालीमा यो वर्ष गत वर्षभन्दा बढी परिमाणमा मल आपूर्ति भएपनि धान रोपाइँका बखत युरिया मल भने अभाव हुन थालेको छ । यो वर्ष असार पहिलो साताबाटै रोपाइँ सुरु गरेका किसानलाई मल पाउन अघिल्लो वर्षभन्दा केही सहज भएपनि यतिबेला केही ढिलो गरी बल्ल धान रोपाइँमा जुटेका किसानहरूलाई भने युरिया मल… विस्तृतमा
२०८२ असार २२, ०८:०१
धनगढी– देशभरको मौसम आंशिक बदली छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८२ असार २२, ०७:५५
धनगढी– हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।
२०८२ असार २२, ०७:४८
धनगढी—जातीय अधिकार, पहिचान र जनताको सशक्त प्रतिनिधित्वको एजेण्डा लिएर उदाएको नागरिक उन्मुक्ति पार्टी नाउपा ले अन्ततः प्रदेश सरकारसँगको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको छ।
२०८२ असार २०, ०५:२६
धनगढी– धनगढी उपमहानगरपालिका–३ बोराडाँडी निवासी शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको छ ।
२०८२ असार २०, ०८:२४
धनगढी– अहिले मधेस प्रदेशबाहेक अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८२ असार २०, ०८:१८
धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नुभएको छ ।
२०८२ असार १९, ०२:४७
धनगढी– नियुक्त भएको एक महीनामै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्री कमलबहादुर शाहले दिएको निर्देशन अश्विकार गरेका छन् ।
२०८२ असार १९, ०८:४३
कैलाली सदरमुकाम धनगढीस्थित कारागार पनि एक हो । ८५ वर्षअघि वि.सं. १९९७ मा तत्कालीन राणाशासनकालमा कैलालीमा कारागार स्थापना भएको हो । जुन जीर्ण हुँदै गएको छ ।
२०८२ असार १९, ०८:३६
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएका बजेटसम्बन्धी विधेयकहरू बुधबार प्रदेश सभाको बैठकबाट सर्वसम्मतिले पारित भएका छन्।
२०८२ असार १९, ०८:२१
कैलालीमा एकैदिन ९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
२०८२ असार १८, १०:०९
धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले २८ जेठमा गोली चलाएर दुईजनालाई पक्राउ गर्यो । रिदम ढुंगाना र मिलन चन्द नाम गरेका दुई युवालाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
२०८२ असार १८, १०:०८
धनगढी– कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन् ।
२०८२ असार १८, १०:०७
धनगढी — सुदूरपश्चिममा मेडिकल शिक्षा अध्यापन गराउने उद्देश्यले कैलालीमा गेटा मेडिकल कलेजका लागि संरचना निर्माण गरिए पनि सरकारी बेवास्ताका कारण सञ्चालनमा आउन सकेको छैन ।