अन्तर्राष्ट्रिय

2020/11/15, 2:56
एजेन्सी– शनिबार राति दीपावलीको अवसरमा भारतको राजधानी नयाँ दिल्ली–एनसीआरमा मानिसहरूले प्रशासनकाे आग्रहलाई बेवास्ता गर्दै आतिसबाजी गरेका छन् । जसका कारण पहिलेदेखि नै खराब दिल्लीको वायु झन् खराब भएको छ । दिल्लीका विभिन्न ठाउँमा यसको प्रभाव देखिएको छ । 
2020/11/15, 7:05
बीबीसी न्यूज–ज्यानुअरीमा उपपराष्ट्रपतिको पदभार ग्रहण लिँदा कमला ह्यारिसले नयाँ इतिहास लेख्नेछिन्। जो बाइडेन र ह्यारिसलाई ह्वाइट हाउस पुर्‍याउन अर्की अश्वेत महिलाले पनि मुख्य भूमिका निर्वाह गरेकी छन्।
2020/11/13, 9:56
बीबीसी–डेमोक्र्याटिक दलका दुई वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र सिनेट भनिने माथिल्लो सदनका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई "वास्तविकता स्वीकार" गर्न र कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटसँग जुझ्ने विषयमा सहयोग गर्न आग्रह गरेका छन्।
2020/11/11, 11:30
बन्दै गरेको भवन भत्किँदा ८ जना मजदुरको ज्यान गएको छ ।
2020/11/11, 9:36
एजेन्सी–बिहार विधानसभा चुनावमा नितिशकुमार र भारतीय जनता पार्टीको एनडीए गठबन्धनले  १ सय २५ सिट जित्दै पूर्ण बहुमत प्राप्त गरेको छ ।
2020/11/09, 8:46
एजेन्सी–कोरोना भाइरस अर्थात् कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् । एक प्रारम्भिक विश्लेषणका अनुसार फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो।
2020/11/08, 9:27
 बीबीसी– झण्डै ५० वर्षसम्म सार्वजनिक रुपमा काम गरेपछि दुई पटक उपराष्ट्रपति बनिसकेपछि जो बाइडेन अमेरिकाका नयाँ राष्ट्रपति चुनिएका छन् । बीबीसीका अनुसार बाइडेनले बहुमतका लागि आवश्यक दुई सय ७० इलेक्टोरल कलेज मतको आँकडा पार गरेका छन् । 
2020/11/08, 9:15
एजेन्सी–अमेरिकी राष्‍ट्रपति पदको चुनाव हारेपछि डोनाल्ड ट्रम्पलाई लिएर अर्को द:खद समाचार आएको छ। समाचार अनुसार ट्रम्प एक अर्को ठूलो संकटमा फस्ने अवस्था आएको छ।
2020/11/08, 6:33

एजेन्सी–अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन् । 

अमेरिकी सञ्चार… विस्तृतमा

2020/11/07, 7:06
अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । डेमोक्र्याटिक पार्टीका प्रत्याशी जो बाइडेन ४६ औं राष्ट्रपति बन्ने निश्चित देखिएको छ ।
2020/11/07, 6:49
एजेन्सी–अमेरिकी राष्ट्रपति चुनाव अन्तर्गत जर्जियामा फेरि मतगणना हुने भएको छ ।
2020/11/05, 7:25
एजेन्सी–डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् ।
2020/11/05, 6:43
एजेन्सी–अमेरिकामा राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ । 
2020/11/04, 11:03
बीबीसी–अमेरिकी राष्ट्रपतीय चुनावको सुरुवाती नतिजाले धेरै राज्यमा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा  भएको देखाएको छ ।
2020/11/04, 6:50
एजेन्सी–अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदैछ । अन्तिम चरणमा रहेको मतदानमा पनि लाखौँ अमेरीकी मतदाताले मतदान गरिरहेका छन् । अब केही समयभित्र मतदान केन्द्रहरु बन्द हुने र नतिजा आउन सुरु हुने बिबिसीले जनाएको छ ।