आजको मिति
समाचार
२०७७ मंसिर ७, १२:३३
धनगढी– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माण गरिने ठाउँको टुङ्गो लागेको दुई वर्ष पूरा हुँदा सम्म निर्माण स्थलमा कुनै ठोस काम अघि बढ्न सकेको छैन ।
२०७७ मंसिर ७, ०७:२८
कञ्चनपुर–कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा गए राति एक महिलाको मृत्यु भएको छ ।
२०७७ मंसिर ६, ०७:५६
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।१४ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
२०७७ मंसिर ६, ०७:१६
धनगढी–सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी लाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्सिर १ गते देखि आफूलाई सन्चो नभएको र परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जोशीले बताएका छन् । जोशी १ गते देखिनै होम आइसोलेसनमा छन् । १ र २ गते… विस्तृतमा
२०७७ मंसिर ६, ०६:४९
धनगढी–कैलाली जनपुस्तकालयका अध्यक्ष तथा पत्रकार डा. टी एन जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ६, ०३:१०
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ६, १२:१४
बैतडी–भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ।
२०७७ मंसिर ६, ११:४५
धनगढी–सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण पहिलो स्वास्थ्यकर्मी निधन भएको छ ।
२०७७ मंसिर ६, १०:३३
धनगढी–अछाममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
२०७७ मंसिर ५, ०९:३२
धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ५, ०८:५५
कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले वडा नम्बर ५ का अध्यक्ष कृष्णबहादुर रोकायाको निधनको शोकमा आइतबार दिने निर्णय गरेको छ ।
२०७७ मंसिर ५, ०५:५७
धनगढी–छठ पर्वको मुख्य दिन शुक्रवार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ। धनगढीको मोहना नदीमा छठ पर्व मनाइएको छ। कोरोना सङ्क्रमणका कारण यस वर्ष गत विगत जस्तो सजावट गरी उल्लास पूर्वक तरिकाले भने छठ मनाइएन ।
२०७७ मंसिर ५, ०३:३८
धनगढी–अरिङ्गालको टोकाइबाट गम्भीर घाइते बनेका एक जनालाई धनगढीबाट थप उपचारका लागी आज हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
२०७७ मंसिर ५, ०३:०३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ५, ०२:४७
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरुष कोरोना सङ्क्रमितको आज फेरी मृत्यु भएको छ ।