आजको मिति
समाचार
2020/11/11, 3:07
धनगढी–सुदूरपश्चिममा आज थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/11, 10:26
कञ्चनपुर–भीमदत्त नगरपालिका-११ भुजेलामा बाटोबारे विवाद हुँदा कुटपिटमा संलग्न नेपाली सेनाका जवान सुनिल सार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गरिएको छ।
2020/11/11, 8:21
कञ्चनपुर–भारतीय व्यापारीहरुले पश्चिमी सीमा नाका वनवासामा प्रदर्शन गरेका छन्।
2020/11/11, 7:23
धनगढी–कैलालीमा लक्षण सहितका कोरोना सङ्क्रमित थपिने क्रम बढेपछि गम्भीर प्रकृतिका सङ्क्रमितको उपचारमा समस्या हुन थालेको छ । प्रदेशकै पहिलो र रेफरल कोभिड अस्पताल सेतीका ५० शैय्या गम्भीर लक्षण सहितका कोरोना सङ्क्रमितले भरिएका छन् ।
2020/11/11, 6:05
धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमित मृत्यु भएको छ ।
2020/11/10, 6:31
धनगढी–कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी धनगढीका तीन वटा वडामा देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १४, १८ र १९ को आज बसेको सर्वदलीय बैठकले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको हो । धनगढी उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष… विस्तृतमा
2020/11/10, 4:43
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/10, 4:13
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/10, 11:58
डोटी–मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ।
2020/11/10, 8:00
धनगढी–स्थानीय तहका जनप्रतिनिधिकै संलग्नतामा कैलालीको गोदावरी नगरपालिकामा पर्ने खुटिया नदीबाट ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन काम बढेको छ । गएको असोजमा वैधानिकरुपमा खुला गरिनुपर्ने ढुङ्गा-गिट्टी तथा बालुवा उत्खननको काम अहिलेसम्म खोलिएको छैन । तर अवैध तरिकाबाट उत्खनन हुने कार्य भने दिनदहाडै… विस्तृतमा
2020/11/09, 8:57
डोटी — विद्यार्थीमाथि बलात्कारको आरोप लागेका शिक्षकलाई जिल्ला अदालतले तारेखमा छाडेको मुद्दाको मिसिल उच्च अदालतले झिकाएको छ ।
2020/11/09, 8:32
सोमबार बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महतालाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेका छन्। छिमेकी डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाडमा घासँ काट्न गएका बेला चितुवाले सोमबार दिउँसो आक्रमण गरेर मायाको मृत्यु भएको थियो।
चितुवाले मायाको… विस्तृतमा
2020/11/09, 7:42
धनगढी– कोरोना सङ्क्रमणका कारण मृत्यु भएका २ जनाको शब नेपाली सेनाले आज जलाएर अनतेष्टि गरेको छ ।
2020/11/09, 6:24
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप १ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/09, 6:17
बैतडी–चितुवाको आक्रमणबाट बैतडीको एक किशोरीको ज्यान गएको छ।