आजको मिति
समाचार
२०७७ कार्तिक १७, ०४:४६
धनगढी–कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण भएको छ ।
२०७७ कार्तिक १७, ०३:५६
धनगढी–धनगढी उप–महानगरपालिकाले आइतबार सम्म लक्षण देखिएका र कनट्र्याक्ट ट्रेसिङका आधारमा ५ हजार ८ सय ६८ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ ।
२०७७ कार्तिक १७, ०३:११
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १७, ०१:३२
डोटी–डोटीको आदर्श गाउपालिकामा अरीङ्गालको टोकाईबाट एक महिलाको मृत्यु भएको छ ।
२०७७ कार्तिक १७, ०१:२२
धनगढी–कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई कोरोना पुष्टि भएको छ ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालको ल्याबमा गरिएको परीक्षणमा रावललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
नगर प्रमुख रावललाई सामान्य रुघाखोकी र केही दिन… विस्तृतमा
२०७७ कार्तिक १७, ०७:३०
धनगढी–सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आज हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७७ कार्तिक १७, ०७:२२
धनगढी– कैलालीको मोहन्यालमा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १ जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक १६, ०४:३३
धनगढी - कैलाली र कञ्चनपुरका थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएकोमा परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी… विस्तृतमा
२०७७ कार्तिक १६, ०९:१८
धनगढी–कैलालीको टिकापुरका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२०७७ कार्तिक १६, ०८:३५
धनगढी– सुदूरपश्चिम प्रदेशमा आज आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।
२०७७ कार्तिक १६, ०८:११
बाजुरा–बाजुराको बुढीगंगामा जिप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ ।
२०७७ कार्तिक १५, ०८:१२
कञ्चनपुर – बेदकोट नगरपालिका २ बसन्तथलामा बिहेको भोज खाँदा ४४ जना बिरामी परेका छन्। बिहेमा सहभागी भएर भोज खाएर बिरामी भएका ४४ जनामध्ये ३४ जनालाई महाकाली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
२०७७ कार्तिक १५, ०८:०५
धनगढी — जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय मुस्लिम समुदायलाई कब्रिस्तानमै अन्तिम संस्कार गर्न दिने अनुमति दिएको छ ।
२०७७ कार्तिक १५, ०७:४०
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १५, ०६:२९
धनगढी–कोरोना भाइरस (कोभिड-१९) संक्रमित धनगढीकी ८८ बर्षिया बृद्धाले अस्पताल नै नगई १० दिनमा होम आइसोलेसन अर्थात् घरमै बसेर कोरोना जितेकी छिन ।