समाचार

2020/10/27, 10:08
धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा धनगढीमा एक जनाको मृत्यु भएको छ ।
2020/10/27, 9:37
डोटी — जिल्लामा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि विश्व विद्यालय अनुदान आयोग (यूजीसी) पूर्व प्रमुख त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ ।
2020/10/27, 7:20
धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार नाघेको छ । ती मध्ये ७ हजार ५ सय ३५ जना निको भइसकेका छन् । प्रदेश भरी अब १ हजार ७ सय ३० जना सक्रिय सङ्क्रमित छन् ।
2020/10/27, 6:34
अछाम – अछाममा नदीमा नुहाउने क्रममा डुबेर किशोरीको ज्यान गएको छ ।
2020/10/26, 8:03
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडादशैँका अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
2020/10/25, 8:02
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/25, 7:10
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/10/25, 6:57
धनगढी–कैलालीको घोडाघोडीमा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । 
2020/10/25, 3:49
बझाङ–बझाङमा एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
2020/10/25, 3:40
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/25, 7:03
धनगढी– धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना ब्यावसायीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
2020/10/24, 7:56
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा आज सम्म सङ्क्रमितको सङ्ख्या हाल सम्म ९ जार २ सय ६४ पुगेको छ । ती मध्ये ७ हजार ५ सय २६ जना उपचार पछि निको भइसकेका छ । अब १ हजार ७ सय १७ जना सक्रिय सङ्क्रमित छन् । 
2020/10/24, 6:34
धनगढी–धनगढीमा गरिएको परीक्षणमा शनिवार ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सङ्क्रमित मध्ये ३५ जना धनगढीका छन् । 
2020/10/23, 7:54

धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप १ सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा  १ हजार १ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना,… विस्तृतमा

2020/10/23, 6:24
धनगढी–कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले दुई हप्तामा कोरोना जितेका छन् ।