आजको मिति
समाचार
२०७७ कार्तिक १३, १०:५१
कञ्चनपुर–महेन्द्रनगरस्थित बस पार्कबाट प्रहरीले अवैध रुपमा भित्रिएका छ कट्टा विस्फोटक पदार्थ (पटाका) बरामद गरेको छ।
२०७७ कार्तिक १३, ०७:१५
धनगढी–धनगढी उप–महानगरपालिका वडा नं ५ का गम्भीर सिंह बमले सडक क्षेत्राधिकार भित्र पर्ने घर संरचना बुधवार देखि भत्काउन सुरु गरेका छन् ।
२०७७ कार्तिक १२, ०७:४५
धनगढी–नमुना सङ्कलन र परीक्षण कम हुँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । दशैँका कारण ३ दिन यता कोरोना परीक्षण बन्द भएको थियो । आज बाट परीक्षण सुचारु भए पनि नमुना सङ्कलन पर्याप्त हुन सकेन ।
२०७७ कार्तिक १२, ०७:३२
धनगढी–धनगढीको बोराडाडीमा रहेको आर्मी ब्यारेक नजिकै ट्रकको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ ।
२०७७ कार्तिक १२, ०७:२०
डोटी — जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ ।
२०७७ कार्तिक १२, १०:२७
धनगढी–सुदूरपश्चिम प्रदेशमा बलात्कारका घटना अत्यधिक रूपमा बढी रहेका छन् । गएका तिन वर्षमा ४ सय ५९ जना बलात्कारको सिकार भएका छन् । परिवारकै सदस्य,छिमेकी र आफन्त बाटै बढी बलात्कार हुन थालेपछि चुनौती बढेको छ ।
२०७७ कार्तिक १२, १०:१६
बझाङ–बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् ।
२०७७ कार्तिक १२, १०:११
कञ्चनपुर–कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।
२०७७ कार्तिक १२, १०:०७
अछाम–अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकै धारिलो हतियार प्रहार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ।
२०७७ कार्तिक १२, ०८:०८
कञ्चनपुर,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ वनहरा नजिक मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक ११, ०२:१५
धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा मृत्यु भएका युवकको अझै पहिचान हुन सकेको छैन ।
२०७७ कार्तिक ११, १०:०८
धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा धनगढीमा एक जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक ११, ०९:३७
डोटी — जिल्लामा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि विश्व विद्यालय अनुदान आयोग (यूजीसी) पूर्व प्रमुख त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ ।
२०७७ कार्तिक ११, ०७:२०
धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार नाघेको छ । ती मध्ये ७ हजार ५ सय ३५ जना निको भइसकेका छन् । प्रदेश भरी अब १ हजार ७ सय ३० जना सक्रिय सङ्क्रमित छन् ।
२०७७ कार्तिक ११, ०६:३४
अछाम – अछाममा नदीमा नुहाउने क्रममा डुबेर किशोरीको ज्यान गएको छ ।