समाचार

२०७७ कार्तिक १०, ०८:०३
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडादशैँका अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
२०७७ कार्तिक , ०८:०२
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक , ०७:१०
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक , ०६:५७
धनगढी–कैलालीको घोडाघोडीमा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । 
२०७७ कार्तिक , ०३:४९
बझाङ–बझाङमा एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०३:४०
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक , ०७:०३
धनगढी– धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना ब्यावसायीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०७:५६
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा आज सम्म सङ्क्रमितको सङ्ख्या हाल सम्म ९ जार २ सय ६४ पुगेको छ । ती मध्ये ७ हजार ५ सय २६ जना उपचार पछि निको भइसकेका छ । अब १ हजार ७ सय १७ जना सक्रिय सङ्क्रमित छन् । 
२०७७ कार्तिक , ०६:३४
धनगढी–धनगढीमा गरिएको परीक्षणमा शनिवार ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सङ्क्रमित मध्ये ३५ जना धनगढीका छन् । 
२०७७ कार्तिक , ०७:५४

धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप १ सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा  १ हजार १ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना,… विस्तृतमा

२०७७ कार्तिक , ०६:२४
धनगढी–कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले दुई हप्तामा कोरोना जितेका छन् ।
२०७७ कार्तिक , ०६:०२

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज १ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ८० जनाको परीक्षण गरिएकोमा १ सय ११ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । आज कैलालीमा मात्रै ९२ जनामा सङ्क्रमण… विस्तृतमा

२०७७ कार्तिक , ०९:००
धनगढी–सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट ६ दिनमै कोरोनामुक्त भएका छन्।  यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनले ६ दिनमै कोरोना जितेका हुन्।
२०७७ कार्तिक , ०९:१७
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ वटा प्रयोगशालामा ८ सय ३२ जनाको परीक्षण गर्दा थप ७५ जनामा संक्रमण पुष्टि भएको हो । 
२०७७ कार्तिक , ०७:१०
सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १५ सय नाघेको छ ।