समाचार

२०७७ कार्तिक २१, ०३:५९
धनगढी–कोरोना सङ्क्रमणका कारण मृत्यु भएका कैलालीको गौरीगंगा नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष तथा नगर पालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको आज दिउँसो अनतेष्टि गरिएको छ । 
२०७७ कार्तिक २१, ०३:२३
धनगढी–कोरोना सङ्क्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागी आज काठमाडौँ लगिएको छ ।
२०७७ कार्तिक २१, ०२:५६

धनगढी–धनगढीका एक जना व्यापारीको भारतमा सवारी दुर्घटनामा परि मृत्यु भएको छ । नेपाल अटो मोवाईल प्रालिका सञ्चालक कुमार गड्तोलाको सवारी दुर्घटनामा परि भारतमा मृत्यु भएको हो ।

दिल्लीबाट धनगढी आउने क्रममा भारतको हापुर भन्ने स्थानमा दुर्घटना हुँदा घाईते भएका गड्तोलाको दिल्लीमै उपचारका क्रममा… विस्तृतमा

२०७७ कार्तिक २१, ०८:०७
धनगढी–कोरोना सङ्क्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर– ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ ।
२०७७ कार्तिक २०, ०७:४१
धनगढी–कैलालीमा ट्रयाक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ।
२०७७ कार्तिक २०, ०७:१७
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ७० जनामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २०, ११:३९
धनगढी–धनगढीमा एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ ।
२०७७ कार्तिक २०, ०७:२४
बैतडी–बैतडीमा आफ्नै गोरुले हानेर एक महिलाको मृत्यु भएको छ ।
२०७७ कार्तिक २०, ०६:५३
बैतडी–गएराति बैतडीमा भूकम्पको धक्का महशुस गरिएको छ ।
२०७७ कार्तिक १९, ०७:५१
धनगढी–क्षेत्रीय शहरी विकास आयोजना अन्तरका सडकहरू विस्तारका लागि धनगढीका घरधनीहरू सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू भत्काउन थालेका छन् ।
२०७७ कार्तिक १९, ०२:५४
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १८, ०५:२३
काठमाडौँ — पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । 
२०७७ कार्तिक १८, ०३:५१
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १८, १२:४६
धनगढी–भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको अभियोगमा पक्राउ परेका धनगढी–१२ का वडाध्यक्ष धरौटीमा छुटेका छन् ।
२०७७ कार्तिक १८, ०८:५९
धनगढी–सुदूरपश्चिम प्रदेशका नागरिकको प्रमुख रोजगारीको गन्तव्य हो– भारत । यहाँका अधिकांश नागरिक रोजगारीका लागि भारतका विभिन्न शहर जाने गर्छन् । स्वदेशमा रोजगारी नपाउँदा दुई छाक टार्नकै लागि युवा उमेरमै भारत छिरेका अधिकांश नागरिक आफ्नो जीवनकाल नै भारतमा सस्तो मूल्यमा श्रम बेचेर बिताउन बाध्य छन् ।