समाचार

२०७७ असोज , ०४:५८
बाजुरा–बाजुरामा बाढीका कारण तीन जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका ५ को सुप खोलामा बाढी आउँदा तीन जना जना बेपत्ता भएका र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
२०७७ असोज , ०४:२२
धनगढी–सुदूरपश्चिममा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो।
२०७७ असोज , १२:०३
धनगढी–झण्डै छ महिना पछि सुदुरपश्चिममा आजबाट लामो दुरीका सवारी साधन खुलेका छन । सुदुरपश्चिम यातायात प्रालीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै आजबाट लामो दुरीमा यातायात सञ्चालन गरेको हो ।
२०७७ असोज , ०९:३७
धनगढी–धनगढी उप–महानगरपालीका–३ बिशालनगरमा गएराती चट्टयाङ परेको छ ।
२०७७ असोज , ०८:२१
धनगढी–कोरोना संक्रमणका कारण मृत्यु भएकी धनगढी उप–महानागरपालीका–५ की महिलाको आज नेपाली सेनाले अन्तिम संस्कार गरेको छ ।
२०७७ असोज , ०३:०९
डोटी–डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।
२०७७ असोज , ०२:४७
धनगढी–कैलाली र कञ्चनपुरका २२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज , १२:३४
कञ्चनपुर– कञ्चनपुरमा रहेको बोर्डर आउट पोष्ट  गड्डाचौकीमा खटिएका पाँच जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
२०७७ असोज , १२:२५

धनगढी–दिनेश सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा कालो पट्टी बाँधेर पत्रकारहरुले धर्ना दिएका छन । सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई पक्राउ गरेपनि अन्य लाई पक्राउ गर्न प्रहरी प्रशासन असफल भएको भन्दै… विस्तृतमा

२०७७ असोज , ०८:४१

धनगढी–आश्विन सङ्क्रान्तिका दिन कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा समेत गर्ने गरिन्छ । आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस्… विस्तृतमा

२०७७ भदौ ३१, ०७:२७

धनगढी - कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ५ की ५७ बर्सिया सङ्क्रमित महिलाको बुधवार साँझ मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी… विस्तृतमा

२०७७ भदौ ३१, ०६:२६

धनगढी – कोभिडका कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन बिहीबारबाट सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी महासङ्घ र तीन वटा मजदुर ट्रेड युनियनले संयुक्त रूपमा बुधवार विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् ।

आवश्यक स्वास्थ्य… विस्तृतमा

२०७७ भदौ ३१, ०५:०९
धनगढी–सुदुरपश्चिममा बुधबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२०७७ भदौ ३१, ०२:५५
डोटी–डोटी जिल्लामा कार्यरत ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२०७७ भदौ ३१, १२:२२
धनगढी–कैलालीको गोदावरी नगरपालिका – १० खमौरामा एकै टोलका १६ जना बिरामी परेका छन् । उनीहरु मध्ये एक जनाको मृत्यु भएको छ ।