समाचार

२०७७ भदौ ३१, ०८:१८
 धनगढी–कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना लाइ प्रहरीले पक्राउ गरेको छ ।
२०७७ भदौ ३१, ०७:१८

धनगढी– धनगढी उपमहानगरपालीकामा मंगलबार सम्म ३ हजार २ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमध्य ४ सय ३६ जना पोजेटिभ देखिएका छन् । पोजेटिभ देखिएका मध्य लक्षण देखिएका सक्रिय केशहरु २ सय ६१ रहेको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले बताए । यस्तै धनगढी उप–महानगरपालिकामा… विस्तृतमा

२०७७ भदौ ३१, ०६:५६

धनगढी–सुदूरपश्चिम प्रदेशमा मंगलबार ५४ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका ५४ जनामा संक्रमण देखिएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी… विस्तृतमा

२०७७ भदौ ३०, ०१:५४

धनगढी–दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गरेको आरोपमा एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । एफएमले दिएको किटानी जाहेरीका आधारमा धनगढी उप–महानगरपालिका वडा नम्वर–५ बस्ने सरोज थापा लाइ पक्राउ गरीएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए ।  आक्रमणमा… विस्तृतमा

२०७७ भदौ २९, ०५:३५
धनगढी– धनगढी उपमहानगरपालिका वडा नं ४ मा रहेको शिवपुरी सामुदायीक बनमा स्थापना गरिएको घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्रमा सोमबार अजिंगर राखिएको छ ।
२०७७ भदौ २९, ०४:१५
धनगढी–सुदुरपश्चिममा आज थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । धनगढीको सेती प्रादेशिक अस्पताल र डोटीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।
२०७७ भदौ २९, १२:०१
धनगढी–आइतबार दुर्घटनामा परेर गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए ।
२०७७ भदौ २९, ०८:४३
काठमाडौ— सरकारले तेजाब एसिड दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्री नियन्त्रण गर्न कठोर व्यवस्था राखेर दुई छुट्टाछुट्टै अध्यादेशको मस्यौदा तयार पारेको छ ।
२०७७ भदौ २८, ०८:१७

धनगढी – पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित भएका छन्। पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएपनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आइतबार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा चरणवद्ध आन्दोलन… विस्तृतमा

२०७७ भदौ २८, ०७:३९

धनगढी -  धनगढीमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या एक सय १३ पुगेको छ। 

२०७७ भदौ २८, ०४:३०

धनगढी - सुदूरपश्चिममा आज थप ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७६ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको… विस्तृतमा

२०७७ भदौ २८, ०२:००
कञ्चनपुरको पुर्नवास नगरपालिका–५ दोबाटो चौताराबाट जुवातास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै गएराति इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा ढुङ्गा मुढा प्रहार भएको छ।
२०७७ भदौ २८, ०७:४१

बझाङ,२८ भदौ–बझाङमा चितुवाको दुईवटा छाला र हड्डीसहित प्रहरीले नियन्त्रणमा लिएका व्यक्तीलाई अनुसन्धान पूरा नगरी जमानतमा छोडिएको छ । चितुवाको छाला र हड्डीसहित पक्राउ परेका बुङगल नगरपालिका(६ का २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय वीरेन्द्र बोहरालाई बुङगल–६ का वडा अध्यक्ष धनबहादुर सिंहको जिम्मामा… विस्तृतमा

२०७७ भदौ २६, ०१:०७
चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ ।