समाचार

२०७७ भदौ ३१, ०६:२६

धनगढी – कोभिडका कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन बिहीबारबाट सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी महासङ्घ र तीन वटा मजदुर ट्रेड युनियनले संयुक्त रूपमा बुधवार विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् ।

आवश्यक स्वास्थ्य… विस्तृतमा

२०७७ भदौ ३१, ०५:०९
धनगढी–सुदुरपश्चिममा बुधबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२०७७ भदौ ३१, ०२:५५
डोटी–डोटी जिल्लामा कार्यरत ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२०७७ भदौ ३१, १२:२२
धनगढी–कैलालीको गोदावरी नगरपालिका – १० खमौरामा एकै टोलका १६ जना बिरामी परेका छन् । उनीहरु मध्ये एक जनाको मृत्यु भएको छ ।
२०७७ भदौ ३१, ०८:१८
 धनगढी–कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजना लाइ प्रहरीले पक्राउ गरेको छ ।
२०७७ भदौ ३१, ०७:१८

धनगढी– धनगढी उपमहानगरपालीकामा मंगलबार सम्म ३ हजार २ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमध्य ४ सय ३६ जना पोजेटिभ देखिएका छन् । पोजेटिभ देखिएका मध्य लक्षण देखिएका सक्रिय केशहरु २ सय ६१ रहेको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले बताए । यस्तै धनगढी उप–महानगरपालिकामा… विस्तृतमा

२०७७ भदौ ३१, ०६:५६

धनगढी–सुदूरपश्चिम प्रदेशमा मंगलबार ५४ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका ५४ जनामा संक्रमण देखिएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी… विस्तृतमा

२०७७ भदौ ३०, ०१:५४

धनगढी–दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गरेको आरोपमा एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । एफएमले दिएको किटानी जाहेरीका आधारमा धनगढी उप–महानगरपालिका वडा नम्वर–५ बस्ने सरोज थापा लाइ पक्राउ गरीएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए ।  आक्रमणमा… विस्तृतमा

२०७७ भदौ २९, ०५:३५
धनगढी– धनगढी उपमहानगरपालिका वडा नं ४ मा रहेको शिवपुरी सामुदायीक बनमा स्थापना गरिएको घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्रमा सोमबार अजिंगर राखिएको छ ।
२०७७ भदौ २९, ०४:१५
धनगढी–सुदुरपश्चिममा आज थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । धनगढीको सेती प्रादेशिक अस्पताल र डोटीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।
२०७७ भदौ २९, १२:०१
धनगढी–आइतबार दुर्घटनामा परेर गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए ।
२०७७ भदौ २९, ०८:४३
काठमाडौ— सरकारले तेजाब एसिड दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्री नियन्त्रण गर्न कठोर व्यवस्था राखेर दुई छुट्टाछुट्टै अध्यादेशको मस्यौदा तयार पारेको छ ।
२०७७ भदौ २८, ०८:१७

धनगढी – पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित भएका छन्। पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएपनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आइतबार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा चरणवद्ध आन्दोलन… विस्तृतमा

२०७७ भदौ २८, ०७:३९

धनगढी -  धनगढीमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या एक सय १३ पुगेको छ।