समाचार

२०७७ भदौ २८, ०४:३०

धनगढी - सुदूरपश्चिममा आज थप ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७६ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको… विस्तृतमा

२०७७ भदौ २८, ०२:००
कञ्चनपुरको पुर्नवास नगरपालिका–५ दोबाटो चौताराबाट जुवातास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै गएराति इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा ढुङ्गा मुढा प्रहार भएको छ।
२०७७ भदौ २८, ०७:४१

बझाङ,२८ भदौ–बझाङमा चितुवाको दुईवटा छाला र हड्डीसहित प्रहरीले नियन्त्रणमा लिएका व्यक्तीलाई अनुसन्धान पूरा नगरी जमानतमा छोडिएको छ । चितुवाको छाला र हड्डीसहित पक्राउ परेका बुङगल नगरपालिका(६ का २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय वीरेन्द्र बोहरालाई बुङगल–६ का वडा अध्यक्ष धनबहादुर सिंहको जिम्मामा… विस्तृतमा

२०७७ भदौ २६, ०१:०७
चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ ।
२०७७ भदौ २६, ०८:३१

डोटी,२६ भदौ–डोटीको पूर्वीचौकी गाउँपालिका–१ श्रीमामा जिप दुर्घटना हुँदा १० जना घाइते भएको छन्।  धनगढीबाट अछामका लागि हिँडेको से १ ज १०६६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो। जिप सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए।… विस्तृतमा

२०७७ भदौ २६, ०८:१३

बझाङ,२६ भदौ– बझाङ जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बझाङ जिल्लाभर लागू हुने गरी थप पाँच दिनको लागि निषधाज्ञा जारी गरेको छ । कोरोनाको संक्रमित बढ्दै गएपछि निषेधाज्ञा थपिएको समितिले जनाएको छ ।

यसअघि भदौ १७ गते राति १२ बजेबाट लागू हुनेगरी भदौ २५ गतेसम्मका लागि निषेधाज्ञा जारी… विस्तृतमा

२०७७ भदौ २५, ०४:४८

धनगढीमा ३७ जना प्रहरीमा कोरोना पुस्टी भएको छ । आज धनगढीमा देखिएका ५० जनामध्ये ३७ जना प्रहरी रहेको खुलेको हो । उनिहरु सबै सशस्त्र प्रहरी गण धनगढीका रहेको सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

उनका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश… विस्तृतमा

२०७७ भदौ २५, ०४:०८

धनगढी – सुदूरपश्चिममा आज थप ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

२०७७ भदौ २५, ०४:००

धनगढी – आज धनगढीमा मात्रै थप ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार नौ जना महिला र ४१ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।… विस्तृतमा

२०७७ भदौ २४, ०६:४२

धनगढी, – धनगढीकी एक २१ वर्षीय किशोरीलाई जबरजस्ती करणी गर्ने  चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा किशोरीमाथि बलात्कार भएको उजुरी आएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । प्रहरीले होटेल सञ्चालक समेत रहेका… विस्तृतमा

२०७७ भदौ २४, ०५:५२
सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ६ हजार तीन सय १८ पुगेको छ।
२०७७ भदौ १९, ११:२४

धनगढी, - कैलालीमा डाकाँ चोरी मुद्दामा फरार दुई जना  १६ बर्ष पछि पक्राउ परेका छन्।  गौरिगंगा नगरपालीका वडा नम्बर २ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाउँका ५० वर्षीय फुलपाती चौधरीलाई १६ वर्ष पछि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।

२०७७ भदौ १९, ११:१४

डडेल्धुरा - डडेल्धुरामा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका एक जनाको मृत्यु भएको छ । आफैंले आफ्नो शरिरमा आगो लगाएर घाइते भएका परशुराम नगरपालिका–११ सलेताका ४५ वर्षीय जयानन्द भट्टको उपचारका क्रममा मृत्य भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक जनकबहादुर मल्लका अनुसार… विस्तृतमा