समाचार

2021/01/24, 7:19
दार्चुला–महाकाली राजमार्गअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आज एक मिनी ट्रकमा आगजनी भएको छ।
2021/01/24, 7:14
बझाङ–बझाङमा जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ। 
2021/01/23, 8:27
धनगढी–विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण सुदूरपश्चिमको जनजीवन आज बिहानै देखि प्रभावित भएको छ ।
2021/01/22, 8:30
धनगढी –कोरोना संक्रमण दर पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले चार जिल्लामा एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ ।
2021/01/20, 7:30
डडेल्धुरा– डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
2021/01/18, 7:54
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा धनगढीदेखि बेलौरी जान लागेको  जिपले ठक्कर दिँदा  एक बालिकाको मृत्यु भएको छ।
2021/01/16, 6:51
कञ्चनपुर–भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका स्थानीयलाई दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ।
2021/01/15, 8:18
कञ्चनपुर–कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। 
2021/01/14, 11:19
धनगढी–धनगढीमा मोटरसाइकल दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
2021/01/14, 9:05
धनगढी– हुलाकी सडकखण्ड अन्तरगत धनगढी उप–महानगरपालिकाको मनहेरामा कलभर्ट निर्माणका लागी खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
2021/01/14, 8:38
धनगढी–माघी पर्वका अवसरमा स्नान गर्ने हरुको विभिन्न नदी तथा जलाशयमा बिहानै देखि घुइँचो लागेको छ ।
2021/01/14, 8:26
धनगढी–सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले  प्रदेशवासीमा माघी पर्वको शुभकामना व्यक्त गरेका छन् ।
2021/01/12, 6:56
धनगढी –अछाममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ।
2021/01/12, 6:39
धनगढी – धनगढी उपमहानगरपालिका महिला विकास शाखाद्वारा आयोजित सातदिने ग्याँस चुलो तथा प्रेसर कुकर मर्मत सम्बन्धी तालिम आज सम्पन्न भएको छ।
2021/01/11, 7:20
धनगढी–धनगढीमा थप एक कोरोना भाइरसका सङ्क्रमितको मृत्यु भएको छ ।