राष्ट्रिय

२०८० जेठ २७, १२:५०
धनगढी-धनगढीमा आइतवारदेखि गर्मी बिदा हुने भएको छ।
२०८० जेठ २७, ०९:२३
गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम देखिएको छ । गर्मी र बर्खामा सर्प जमिनमूनीबाट बाहिर निस्कन्छन् । नेपालमा सर्पदंशबाट अघिल्लाे वर्ष १९ जनाले ज्यान गुमाएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।
२०८० जेठ २७, ०९:१२
खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ।
२०८० जेठ २७, ०८:२१
धनगढी–कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै सुरु भएको आन्दोलन चर्किँदै गएको छ । सरकारले माग प्रति सुनुवाइ नगरेको भन्दै आइतबार आम हडताल घोषणा गरिएको छ ।
२०८० जेठ २७, ०८:००
धनगढी–  देशको पूर्वी भेगमा मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र पूर्वको तापक्रम केही घट्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८० जेठ २६, ११:११
धनगढी–सुदुरपश्चिम प्रदेश सभामा कार्यरत रहेको अधिकृतको नक्कली परिचयपत्र बनाएर कैलालीका एक जना राजनैतिक दलका नेताले युवतिलाई माया जालमा पार्ने गरेको खुलासा भएको छ । 
२०८० जेठ २६, ०७:१७
धनगढी– देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
२०८० जेठ २५, ०७:३९
धनगढी–आंशिक बदली भइ आज पहाडी भू-भागका थोरै स्थानमा मात्रै वर्षाको सम्भावना छ । आज अधिकांश भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८० जेठ २४, ०८:४४
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कैलालीको गोदावरी देखि धनगढी सम्म मोनो रेलको सम्भाव्यता अध्ययन देखि पर्यटन पूर्वाधार निर्माण र चिडियाखाना स्थापना गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटिएका छन ।
२०८० जेठ २४, ०७:३५
धनगढी– आंशिक बदली भइ पहाडी भू-भागका केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८० जेठ २३, ०७:२५
धनगढी – भू–स्वर्ग भनेर चिनिने सुदूरपश्चिमको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल खप्तडमा मङ्गलवार देखि  खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । 
२०८० जेठ २३, १२:४५
धनगढी– काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको विमानको ढोका आकाशमै अचानक खुलेको छ ।
२०८० जेठ २३, ०७:४८
धनगढी–अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
२०८० जेठ २३, ०७:४०
डडेलधुरा–डडेलधुराको सामुदायिक वन फडानीसम्बन्धी एक दशकभन्दा पुरानो भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सबै आरोपितहरुलाई सफाइ दिएको छ ।
२०८० जेठ , ०२:५५
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।