आजको मिति
कैलाली
2023/06/21, 7:11
धनगढी–सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा आज सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मन्त्री सिंहको पार्थिव शरीर लाइ अहिले बिहान ९ बजे धनगढी रङ्गशालामा राखेर श्रद्धाञ्जली गरिने छ ।
2023/06/21, 6:51
धनगढी–टीकापुर घटनामा संलग्न भएको अभियोगमा कारागारमा रहेका चार जनालाई आगामी असोजमा संविधान दिवसका दिन कैद मुक्त गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ ।
2023/06/20, 6:32
धनगढी–बझाङमा भएको गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ ।
2023/06/20, 7:52
धनगढी–हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणाली र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
2023/06/17, 7:32
धनगढी– मनसुनी प्रणाली भित्रिए पनि अझै देशको पश्चिमी भू-भागमा फैलन सकेको छैन ।
2023/06/15, 8:46
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा प्रसन्ना शाहको आत्महत्या दुरुत्साहन मुद्दामा सोही अस्पतालमा कार्यरत डाक्टर सन्दीप भट्टराईलाई कैलाली कारागार चलान गरिएको छ ।
2023/06/15, 8:09
मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
2023/06/13, 1:11
धनगढी–कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग राखेर आन्दोलन गरी रहेका स्थानीयले आज प्रदेश प्रमुख कार्यालय अगाडी मुख र आँखामा कालो पट्टी बाँधेर धर्ना दिएका छन् ।
2023/06/12, 7:42
धनगढी– हाल देशको मौसमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको बताइएको छ।
2023/06/11, 9:49
दीपेन्द्र ओली,धनगढी–कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आह्वान गरिएको आम हडतालका कारण आज सुदुरपश्च्मिको जनजीवन ठप्प भएको छ ।
2023/06/11, 9:29
धनगढी–कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आह्वान गरिएको आम हडतालका कारण आज सुदुरपश्च्मिको जनजीवन ठप्प भएको छ । बन्दका कारण धनगढी वाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।
2023/06/10, 9:23
गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम देखिएको छ । गर्मी र बर्खामा सर्प जमिनमूनीबाट बाहिर निस्कन्छन् । नेपालमा सर्पदंशबाट अघिल्लाे वर्ष १९ जनाले ज्यान गुमाएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।