समाचार

2020/10/11, 2:08
धनगढी–धनगढीमा रहेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/11, 1:07
कोरोना सङ्क्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ। 
2020/10/11, 12:39

डडेल्धुरा – डडेल्धुराको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३४ जनाको कोरोना परीक्षण गर्दा १० सङ्क्रमित थपिएका हुन् । 

बैतडी र… विस्तृतमा

2020/10/11, 9:14
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना  कोरोना सङ्क्रमितको मृत्यु भएको छ।  
2020/10/10, 5:08
बैतडी– जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ५ प्रहरीमा कोरोना पुष्टि भएको छ।
2020/10/10, 4:24
धनगढी–सुदूरपश्चिम प्रदेशका थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/10, 8:59
धनगढी–सुदूरपश्चिम प्रदेश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । त्यसैले त भनिन्छ सुन्दर सुदूरपश्चिम  ।
2020/10/10, 8:48
धनगढी–भदौ यता सुदूरपश्चिमका विभिन्न नाकाबाट झन्डै ३४ हजार नेपाली भारत गएका छन् । लक डाउनमै स्वदेश फर्किएकाहरू पनि स्वदेशमा रोजगारी नपाएपछि भारत जान बाध्य भएका हुन । 
2020/10/09, 7:55
धनगढी–नेपाल निर्माण व्यवसायी सङ्घ कैलालीले धनगढीमा रहेको आमाको माया छात्रावासमा रहेका  बालबालिका तथा विद्यार्थिहरुलाई आज नगद,खाद्यान्न र फलफूल वितरण गरेको छ । 
2020/10/09, 7:31
धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ६ सय ६३ जनाको कोरोना परीक्षण गरिएकोमा ७० जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
2020/10/09, 4:51

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढीका थप २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

2020/10/09, 12:17
बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा  ५ जना घाइते भएका छन्। 
2020/10/09, 8:53
कञ्चनपुर–कञ्चनपुरको पुर्नवास नगरपालिका कार्यालयमा अत्यावश्यक बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ। 
2020/10/09, 7:57
धनगढी–सुदूरपश्चिम प्रदेशमा १ हजार ९९ जना सक्रिय सङ्क्रमित छन् । सबै भन्दा बढी ५ सय ८७ जना सक्रिय सङ्क्रमित कैलालीमा छन् ।
2020/10/08, 7:08
धनगढी–सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका तीन वटा प्रयोगशालामा ६ सय २० जनाको कोरोना परीक्षण भएकोमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो।