अपराध

२०७७ मंसिर , ०८:२५
बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका-६ मुडेली नजिक मरेको अवस्थामा फेला पारेका १४ गाईको व्यवस्थापन गरिएको छ।  पुर्चौडी नगरपालिकाका प्रतिनिधि, पाटन नगरपालिकाका प्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दाले मरेका १४ गाईलाई व्यवस्थापन गरेको हो। 
२०७७ मंसिर , ०९:१९
धनगढी–कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सिमानाकामा पर्ने भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या गरिएका शिवलाल रानाको  शव भारतीय प्रहरीले शुक्रवार राती आफन्तलाई बुझाएको छ । राती साढे १० बजे उनको शव आफन्तले नेपाल पु-यायका छन् ।
२०७७ मंसिर , ०८:४०
बैतडी–पुर्चौंडी नगरपालिका–६ स्थित खानेपानीको मुहानमा ११ ओटा मरेका गाई फेला परेपछि प्रहरीले आज एक जनालाई नियन्त्रणमा लिएको छ।
२०७७ मंसिर , ०४:५४
कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण रोकाया शुक्रबार बिहान मन्दिर जान्छु भन्दै घरबाट निस्किए ।  बिहान करिब ७ बजेतिर हिडेका रोकाया घरबाट करिब ५ सय मिटरको दूरीमा रहेको वैजनाथ मन्दिर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए । 
२०७७ मंसिर , ०१:०५
कञ्चनपुर–कञ्चनपुरको वेलडाँडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष कृष्ण रोकाया  झुन्डिएको अवस्थामा आज मृत फेला परेका छन् ।
२०७७ मंसिर , ०८:३१
धनगढी–कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सिमानाकामा पर्ने भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या गरिएका युवकको शव भारतीय प्रहरीले भारतको लखीमपुर लगेको छ ।
२०७७ मंसिर , ०५:३७
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासका एक युवकको भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या गरिएको छ । 
२०७७ मंसिर , ०९:२६
कञ्चनपुर–कञ्चनपुरको बेलौरी नगरपालिका–१० मा पर्ने सडक घाट बाट सशस्त्र प्रहरीले आज २ लाख भन्दा बडीको भारतबाट भन्सार छलेर ल्याइएको अवैध सामान बरामद गरेको छ ।
२०७७ मंसिर , ०१:३३
धनगढी–धनगढीको घुइयाघाट सिमानाकामा गस्तीमा खटिएका प्रहरी हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका एक जना अभियुक्तलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर , ०६:०६
डडेल्धुरा–डडेल्धुरामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।
२०७७ मंसिर , ०६:२६
चैनपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच आज दिउँसो दोहोरो गोली हानाहान भएको छ। गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको हो।
२०७७ कार्तिक २८, ०२:४४
धनगढी– सशस्त्र प्रहरीले कैलालीको सीमा क्षेत्रमा कडा निगरानी गरेपछि तस्करहरुले भारतबाट भन्सार छलेर ल्याइएको अबैध सामान  धमाधम पक्राउ पर्न थालेको छ । 
२०७७ कार्तिक २७, ०४:५०
धनगढी–कञ्चनपुरको भावर क्षेत्रमा सशस्त्र प्रहरीले आज दिउँसो एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी टोली आएको थाहा पाएपछि सिकारी हरू एक थान बन्दुक फालेर फाइरिङ गर्दै भागेका छन् ।
२०७७ कार्तिक २७, ११:०९
गोली प्रहारबाट गए राति एक युवतीको हत्या भएको छ।
२०७७ कार्तिक २६, ०८:४१
चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा प्रहरीले आज अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ ।